Aamsanchar

वन वातावरण तथा विपद व्यवस्थापन तर्फ बिर्तामोडको नीति तथा कार्यक्रम

Author Image
सोमवार, असोज ३१, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले यस आर्थिक वर्षमा वन वातावरण तथा विपद व्यवस्थापन तर्फ नीति तथा कार्यक्रम ल्याएको छ ।

वन वातावरण तथा विपद व्यवस्थापन अन्तरगत फोहोर मैलाको दिगो व्यवस्थापनको लागि कनकाई–विर्ता–अर्जुन नवीकरणीय उर्जा कम्पनी सँग सहकार्य गरी आपसी सहमतिबाट फोहोर मेलाको व्यवस्थापन गर्ने कार्यक्रममा यस बर्ष पनि राखेको छ । यद्धपी कनकाई–विर्ता–अर्जुन नवीकरणीय उर्जा कम्पनी सँगको सहकार्य र लगानीको विषयमा नगरपालिकामा केही दिन अगाडि विवाद उत्पन्न भएको थियो ।

फोहोर व्यवस्थापनको लागि टोल विकास संस्थाहरू सँग सहकार्य गरेर फोहोरको वर्गीकरण गर्ने बारेमा तिन महिने जागरण अभियान सञ्चालन गर्ने भनिएको छ ।

कारखाना र औद्योगिक क्षेत्रबाट निस्कने फोहोरलाई उद्योगहरुले नै व्यवस्थापन गर्नु पर्ने नीति ल्याएको छ ।

नगर क्षेत्रमा रहेका खोला, पैनीमा दुवैतर्फ बाध बाँधेर सिमाना नक्साङ्कन गर्ने र सुकुमबासीहरूको प्रयोग गरेको जमिन र नगरमा रहेको ऐलनी प्रति जमिनको नापजाँच गरी जमिनको क्षेत्रफल यकिन बिर्तामोड नगरले गर्ने भएको छ ।

बिर्तामोडलाई प्रदुषणमुक्त पूर्ण सरसफाई युक्त हरित नगर निर्माण गर्ने योजना ल्याएको छ ।

नगरमा रहेका अदुवा, देउनिया, हर्चना, घाग्रा, रेखा र भुतेनी खोलाहरुको तटबन्धन निर्माणको लागि विभिन्न निकायसँग साझेदारी कार्यक्रम सञ्चालन गर्ने र हात्ती प्रभावित क्षेत्रमा पूर्ण तार घेराबार निर्माण गर्न सम्वन्धित निकायसँग पहल गर्ने नगर विकास योजना पुस्तकमा उल्लेख छ ।

बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति, बजेट तथा कार्यक्रम पुस्तिका आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1206

प्रतिक्रिया (०)

सम्बन्धित खबर