Aamsanchar

म्याराथन दौडिरहेको बेला धाविका पुष्पा भण्डारीको खुट्टा फ्याक्चर, प्लास्टर गरियो

Author Image
मङ्गलवार, कार्तिक १, २०७९

पोखरा – म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भयो ।करिब २० किलोमिटर दूरी पार गरेपछि नै उनले खुट्टा दुखेको महसुस गरेकी थिइन् । दुखाइकै बीच थप १० किलोमिटर दौडिन् । त्यसपछि उनी उभिनै सकिनन् ।´२० किलोमिटर पार गर्दै थिएँ, खुट्टा दुख्यो`, उनले भनिन्, ´वास्ता गरिनँ र  १० किलोमिटर कुदेँ ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ ।`उनको पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।पुष्पले १३औं दक्षिण एसियाली खेलकुद सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी रजत पदक जितेकी थिइन । उनी महिला म्याराथनतर्फ सागमा पदक जित्ने पहिलो खेलाडी हुन् ।एपीएफ क्लबमा आवद्ध पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी गरेको भए पनि चोटका कारण सपना पूरा नभएको प्रतिक्रिया दिएकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर