Aamsanchar

३२ वर्ष पछि सोमले तोडे कीर्तिमान

Author Image
बुधवार, कार्तिक २, २०७९

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले एथलेटिक्सको चार सय मिटरमा ३२ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा मंगलबार भएको प्रतिस्पर्धामा सोमबहादुरले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्।

सोमले निर्धारित दूरी ४७.९५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। सन् १९९० मा चीनको बेइजिङमा भएको प्रतिस्पर्धामा आशाराम चौधरीले राखेको ४८.३२ सेकेन्डको कीर्तिमानलाई तोडेका हुन्। एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा दौड पूरा गर्दै रजत पदक जित्दा आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डको समयका साथ कांस्य पदक हात पारे।

महिलातर्फ एपीएफकी रमिताकुमारी थारुले पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक पक्का गरिन्। उनले निर्धारित दूरी ५८.१० सेकेन्डमा पूरा गरिन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण जितेकी रमिताले सन् २०१९ मा चीनको वुहानमा तुलसा खत्रीले राखेको ५९.५७ सेकेन्डको कीर्तिमानलाई तोडेकी हुन्। आर्मीकी निर्मला थापाले एक मिनेट ००.१४ सेकेन्डका साथ रजत जितिन्। कांस्य जितेकी एपीएफकी कल्पना श्रेष्ठले १.००.७० सेकेन्डमा दौड पूरा गरिन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर