Aamsanchar

नेपाल आदिवासी जनजाति महासंघले झापाका ५ वटै क्षेत्रका उम्मेद्वारलाई साझा सवाल राख्ने

Author Image
मङ्गलवार, कार्तिक १५, २०७९

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघ झापाले झापाका ५ वटै क्षेत्रका उम्मेद्वार लाई साझा सवाल गर्ने भएको छ । 

आदिवासी जनजातिहरूका विभिन्न मुद्दा र संविधानमा उल्लेख भएको अधिकारलाई प्रत्याभूत गर्ने प्रतिवद्धताहरू के कस्ता छन् भनेर प्रश्न गर्ने र प्राप्त जवाफलाई प्रमाणको रुपमा राखेर खबरदारी गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासङ्घका जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले बताए । 

 विगतमा विभिन्न आस्वशन हरु देखाएर आदिवासी जनजातिहरूको भोटबाट नीति निर्माणको तहमा पुगेर पनि आदिवासी जनजातीले अपेक्षा गरे अनुरूपको काम नगरेको र अब निर्वाचित हुने हरुले पहिले जस्तो आश्वासन मात्र होइन कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनु पर्ने र विश्वासिलो र चित्त बुझ्दो प्रतिवद्धता जनाउने  उम्मेदवारलाई भोट हाल्ने निष्कर्षमा आदिवासी जनजातिहरू पुगेको बताइएको छ ।

निर्वाचनको निकट समयमा आयोजना गरिने कार्यक्रमको लागि आदिवासी जनजाति पत्रकार महासंघ झापाले सहजीकरण गर्ने भएको छ ।

झापा ५ वटा क्षेत्र अन्तरगत कार्तिक १७ गते केवलराम राईको संयोजनमा क्षेत्र नं. १ को काँकडभिट्टाको सामुदायिक सभाहलमा, क्षेत्र नं. २ मा १९ गते इन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा अतिथि सदनमा, २० गते क्षेत्र नं. ३ को भद्रपुर स्थित एभरेष्ट होटलमा, २३ गते उत्तमकुमार राजवंशीको संयोजकत्वमा क्षेत्र ४ को कनकाई उद्योग वाणिज्य संघको हलमा र क्षेत्र नं. ५ मा २२ गते वदी साङपाङको संयोजकत्वमा दमक स्थित पाडाजुगी मा साझा सवाल तथा अन्तरक्रिया आयोजना हुने बताइएको छ ।

महासङ्घका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता टेकबहादुर खजुम, फोनिज झापा अध्यक्ष भूमिका सुब्बा, सिर्जलाल चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासङ्घका सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर