Aamsanchar

गायिका समीक्षा अधिकारी माथि ढुङ्गा प्रहार

Author Image
शनिवार, कार्तिक १९, २०७९

संखुवासभा गायिका समीक्षा अधिकारी माथि ढुङ्गा प्रहार भएको छ । संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गतिक कार्यक्रममा अधिकारीमाथि ढुङ्गा प्रहार भएको हो । 

उनले सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनी माथि ढुङ्गा प्रहार भएको थियो । ढुङ्गा कसले प्रहार गर्यो भन्ने कुरा खुल्न सकेको छैन । ढुङ्गा प्रहार भएपनि  अधिकारी सुरक्षित रहेको आयोजकले जनाएको छ । 

ढुङ्गा प्रहार गरिए पश्चात समीक्षाले स्टेज बाटै भनिन् यसो नगरिदिनुस् तपाईंको घरमा पनि दिदी बहिनी होला, राम्रो/नराम्रो भन्ने त जसको पनि भैहाल्छन् भन्ने आशय व्यक्त गरेकी थिइन ।

अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै दर्शकहरूले हो हल्ला गरेका थिए । प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको प्रहरीले जनाएको छ ।

सङ्खुवासभा प्रहरीका एक अधिकारीले भने, ‘कार्यक्रममा सामान्य तनाव भएको थियो । दर्शक दीर्घाबाट हो हल्ला भयो । तर प्रहरी खटिएकाले त्यस्तो कुनै घटना हुन पाएन ।’ एकादशीका अवसरमा आयोजित कार्यक्रममा गायिका अधिकारी सहभागी भएकी थिइन् । आयोजकले मेलाका अवसरमा साङ्गीतिक साँझको आयोजना गरेको थियो । सोही कार्यक्रममा प्रस्तुति दिन उनी त्यहाँ पुगेकी थिइन् ।

उनीमाथि स्टेजमै ढुङ्गा प्रहार भएको भन्ने खबरहरू आएपनि प्रहरीले भने त्यस्तो नभएको बताएको छ ।

गायिका समीक्षा अधिकारी र पल शाह बिच अनैतिक सम्बन्ध रहेको खबरहरू मिडिया आएपछि गायिका अधिकारी प्रति उनका दर्शक श्रोताहरू ले नकारात्मक टिप्पणीहरू गर्दै आएका छन् । तर उक्त टिप्पणी प्रति गायिका अधिकारीले सामाजिक सञ्जाल मार्फत खेद प्रकट गरेकी थिइन । 

उनले यसरी खेद प्रकट गरेकी छन् ।  

नमस्कार
मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक स्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् ,यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् जसले मेरो चरित्र हत्या भएको छ।

यसका साथसाथै पलजीको करिअरमाथि आँच आउने किसिमले प्रचारबाजी गरिराखेका छन्। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिनास्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ। यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौं।

एउटै इन्डस्ट्रीमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ।

मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ। म उहाँको सदैव फ्यान पनि हुँ। र हामीबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेका छौं र हजुरहरुको माया रहेसम्म सधैँ राम्रो काम गरिरहनेछौं। राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मानहानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु। मैले यो अपेक्षा गरेको थिएन।

म जे छु जहाँ छु सब मेरा भगवानरुपी दर्शक स्रोताको देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिनँ र गर्नेछैन। मेरो बारेमा मिडियामा आएका झुटा समाचारहरुप्रति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्न हुन हार्दिक अनुरोध गर्दछु।

अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरुलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु, कसैको व्यक्तिगत जीवनमा आँच आउने ,मानहानी तथा चरित्रहीन हुने किसिमको समाचार नबनाउनु होला।

सबैलाई धेरैधेरै माया धन्यवाद !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
43
+1
3
+1
0
+1
2
+1
1
+1
1
Views: 3798

प्रतिक्रिया (०)

सम्बन्धित खबर