Aamsanchar

ओखलढुंगामा कोदाेकाे उत्पादन घट्यो

Author Image
आइतवार, कार्तिक २७, २०७९

ओखलढुंगा – यस वर्ष लामो समयसम्म वर्षा भएपछि ओखलढुंगाको रुम्जाटारमा कोदोकाे उत्पादन घटेको छ ।

अघिल्ला वर्ष भन्दा यस वर्ष कोदोको बाला सानो लागेको यहाँका किसानहरूले बताएका हुन् । सम्मटारका रुपमा रहेको रूम्जाटार जिल्लामै कोदो उत्पादनमा गनिएको क्षेत्र हो । यहाँका किसानलाई अहिले कोदो टिप्न भ्याई-नभ्याई भएकाे छ।

कोदो रोप्दा होस् या टिप्दा यहाँ सामूहिक काम गर्ने चलन रहेको छ । जसका कारण रुम्जाटारको संस्कृतिसँग समेत कोदो जोडिंदै आएको छ । कोदो रोप्दा र टिप्दा माइती र चेली जोड्ने पर्मेली परम्परा र पर्मेली गीत गाएको यहाँ देख्न सकिन्छ ।

रूम्जाटारकै पहिचान बोकेको कोदोको यस वर्ष वर्षाका कारले राम्रोसँग बाला लाग्न नपाएको रूम्जाटारकी स्थानीय पदमकुमारी गुरूङले बताउनुभयो । रूम्जाटारमा उत्पादित कोदो जिल्लामा नै खपत हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर