Aamsanchar

देवकोटाको अन्तिम कविता : मृत्यु शैयाबाट

Author Image
सोमवार, कार्तिक २८, २०७९

संसार रूपी सुख स्वर्गभित्र
रमेँ रमाएँ लिई भित्र चित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परे झैँ अब बुझ्छु बल्ल ।रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान न भो विवेक ।संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्यसरी विलाएँ
जन्मेँ म यो स्वर्गविषे पलाएँ
आखिर भै खाक त्यसै विलाएँ ।​
(लक्ष्मीप्रसाद देवकोटा जन्म १९६६ कात्तिक २७ गते थियो । उनले अस्पतालको शैयाबाट लेखेको यो अन्तिम कविता थियो ) 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर