Aamsanchar

निहारिका र शिवराजको अंतरंग तस्बिर करिष्माले फेरि सेयर गरिन्

Author Image
मङ्गलवार, कार्तिक २९, २०७९

काठमाडौं – नायिका करिष्मा मानन्धरले पुनः एकपटक निहारिका राजपुत र शिवराज श्रेष्ठको अंतरंग तस्बिर सेयर गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मानन्धरले निहारिका र शिवराजको संयुक्त फोटो कभर फोटो र न्युज फिडमा पोष्ट गरेकी हुन् । उनले ती तस्बिर पोस्ट गर्दा थुप्रैले किन यस्तो गर्नुभएको भनेर प्रश्न पनि गरेका छन् ।  यद्यपि, उनले अपलोड गरिएका ती दुबै फोटो अहिले हटाइसकेकी छिन् । आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह उर्फ निहारिका राजपुतले आफ्ना तत्कालीन प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको जाहेरीपछि धनुषा प्रहरीले श्रेष्ठविरुद्ध धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । धनुषा जिल्ला अदालतले बलात्कारको मुद्दामा ‘प्रतिवादी र जाहेरीवाली तथा उनीबाट जायजन्म भएको बालकको सम्बन्धमा छुट्टै कानुनद्वारा सम्बोधन हुने नै हुँदा बोलिरहनु परेन’ भन्दै बलात्कारको मुद्दामा शिवराजलाई सफाई दिएको थियो । त्यसपछि उनी विभिन्न स्थान र समयमा अनसन बस्दै राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयाससमेत गरेकी थिइन् । बलात्कारीलाई सजायको मागदावी गर्दै उनले जिल्ला अदालतको फैसला उल्टिनुपर्ने दबाव दिइरहेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 389

प्रतिक्रिया (०)

सम्बन्धित खबर