Aamsanchar

नेपालमा विश्वकप प्रत्यक्ष प्रसारण हेर्न पाउने निस्चित भयो

Author Image
बुधवार, कार्तिक ३०, २०७९

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो ।

सर्वोच्चको यो आदेशसँगै मिडिया हब प्रालिलाई विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग अतिरिक्त पाँच सय शुल्क लिने बाटो खुलेको छ ।

अधिवक्ता किशोर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । उनले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा दर्शकसँग अतिरिक्त शुल्क लिन नमिल्ने जिकिर गरेका थिए ।

मिडिया हबले उक्त प्रसार किनेर ग्रहकलाई विक्री गर्ने तयारी गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)