Aamsanchar

ग्लोबल टेन्डर मार्फत खरिद गरेको ३० हजार मध्ये ५ हजार मेट्रिक टन युरिया मल रक्सौल आईपुग्यो

Author Image
बुधवार, कार्तिक ३०, २०७९

वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरेको ५ हजार मेट्रिक टन युरिया मल रक्सौल आइपुगेको छ । भारतको विशाखापटनम बन्दरगाह हुँदै रेलमार्गबाट रक्सौल रेल्वे यार्डमा मल आइपुगेको कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले जानकारी दिए ।

सरकारी अनुदानको उक्त रासायनिक मल रक्सौलबाट भन्सार जाँच पासको प्रक्रिया पुरा गरेर क्रमशः वीरगञ्ज भित्रिरहेको उनले बताए ।

उनका अनुसार इन्डियन पोटास लिमिटेडसँग खरिद सम्झौता भएको ३० हजार मेट्रिक टन मध्ये २२ हजार ५ सय मेट्रिक टन मल वीरगञ्ज नाका हुँदै भित्रिनेछ । वीरगञ्ज आउने २२ हजार ५ सय मेट्रिक टन मल मध्ये १२ हजार मेट्रिक टन वीरगञ्जमा राखिने छ भने १० हजार ५ सय मेट्रिक टन भैरहवास्थित प्रादेशिक कार्यालयमा पठाइने छ । बाँकी ८ हजार ५ सय मेट्रिक टन सिधै विराटनर स्थित प्रादेशिक कार्यालयले पाउने छ ।

सूचना अधिकृत आलोक कुमारका अनुसार दुई र्‍याक अर्थात ५ हजार मेट्रिक टन मल रक्सौलमा अनलोड भइसकेको र २४ कात्तिकदेखि मल आउने क्रम सुरु भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)