Aamsanchar

पाकिस्तानसँगकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी

Author Image
बुधवार, कार्तिक ३०, २०७९

काठमाण्डाै – पाकिस्तानसँगकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएकाे छ । आज बुधवार दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले पाकिस्तानलाई एक–शून्य गाेलले हरायाे ।

नेपालकाे जितमा अञ्जन विष्टले गाेल गरे । उनले खेलकाे ८३ औँ मिनेटमा गाेल गरे । अञ्जनले सुनिल बलको क्रस पासमा गाेल गरेका हुन् । उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।

गाेल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलाे कार्ड देखाएका थिए ।

विश्व फुटबल महासङ्घ (फिफा) ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेकाे हाे ।याेसँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएकाे छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ ।

नेपाली पुरुष फुटबल टोलीले आज दशरथ रङ्गशालामा ५० औँ अन्तर्राष्ट्रिय खेल खेलेकाे हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)