Aamsanchar

जन्मनेबित्तिकै घाँटी थिचेर बच्चाको हत्या गर्ने आमा पक्राउ

Author Image
बिहिवार, मंसिर १, २०७९

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा नवजात शिशुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हेलम्बु गाउँपालिका-५ कल्लेरी बस्ने २२ वर्षीया रबिना तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।

राति साढे ८ बजे रबिनाले छोरालाई जन्माएपछि घाँटी थिचेर हत्या गरेको डिएसपी बुढाथोकीले बताए।

हत्यापछि घरभन्दा ५० मिटर टाढा रहेको सार्वजनिक खरबारीमा दुई फिट खाडल खनेर उनले शिशुलाई पुरेकी थिइन्।

शिशुको हत्यापछि पुरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

शवको पोष्टमर्टमको लागि अस्पतालमा पठाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रबिनाका श्रीमान तीन वर्षदेखि विदेशमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर