Aamsanchar

झापामा हाल धेरै मत ल्याउने उत्कृष्ट ५ उम्मेदवारहरू 

Author Image
बुधवार, मंसिर ७, २०७९

झापा । झापामा हाल सम्ममा सबै भन्दा धेरै मत झापा ५ का नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले प्राप्त गरेका छन । उनले २९ हजार ९७ मत ल्याएका छन् ।

त्यसैगरी दोस्रो धेरै मत ल्याउनेमा झापा १ का कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा रहेका छन् । उनलाई हाल सम्म ३२ हजार ३ सय मत प्राप्त भएको छ ।

तेस्रो धेरै मत ल्याउनेमा झापा २ का एमाले तर्फका उम्मेदवार देवराज घिमिरे रहेका छन् । उनले १८ हजार ४ सय १० मत ल्याइसकेका छन् ।

चौथो स्थानमा धेरै मत ल्याउनेमा झापा ३ का राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेन रहेका छन् । उनलाई हाल सम्म १६ हजार ६ सय २५ मत प्राप्त भएको छ ।
झापा ४ बाट एमालेका लालप्रसाद (एलपी) साँवाले  १४ हजार २ सय ६ मत ल्याए र पाँचौं स्थानमा रहेका छन् ।

यो परिणाम छिटो र ढिलो मत गणना कार्य र मतदाता संख्या धेर थोरमा आधारित रहेको छ ।  माथि उल्लेख गरिएका उम्मेदवारहरू विजयी उन्मुख उम्मेद्वार हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर