Aamsanchar

एनएमसीको ३० औं वार्षिक प्रतिवेदन सार्वजनिक 

Author Image
शनिवार, मंसिर १०, २०७९

बिर्तामोड । झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले प्रतिवेदन सार्वजनिक गर्दै आफ्नो ३० औं वार्षिक साधारण सभा मंसिर १८ गते देखि पुष २ गते सम्म विकेन्द्रित रुपमा आयोजना गर्ने भएको छ ।

इकाइ गत साधारण सभा हरू गर्दै पुष २ गते माइन्युट प्रमाणिकरण सभा आयोजना गरेर यस वर्षको वार्षिक सभा सम्पन्न गर्ने योजना रहेको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ ।

प्रदेश १ का तिन जिल्ला झापा, मोरङ र इलामलाई कार्यक्षेत्र बनाएर सहकारी गतिविधि गर्दै आएको एनएमसीमा असोज मसान्त सम्म १ लाख ३५ हजार ७१७ जना सदस्य संख्या रहेको छ । बचत तथा ऋण मात्र होईन, उत्पादन  र बजारीकरणलाई मुख्य योजना बनाएर काम गर्दै आएको एनएमसीले डेरी, एकीकृत नमुना कृषि फार्म, सहकारी पसल र चिया व्यवसाय सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।

५४ वटा सेवा केन्द्र रहेको एनएमसीको ११ अर्ब ९९ करोड ६१ लाख ६५ हजार ५९ रुपैयाँ कुल पुँजी तथा दायित्व रहेको छ । जसमा चुक्ता शेयर पुँजी १ अर्ब ३५ करोड ५८ लाख ९५ हजार रहेको छ । साधारण जगेडा तथा अन्य कोषमा ८९ करोड ७२ लाख ३५ हजार ५१ रुपैयाँ, तिर्न बाँकी कर्जा सापटी ६७ करोड ३५  लाख १७ हजार ३११ रुपैयाँ, सदस्य बचत दायित्व ८ अर्ब ६५ करोड ७६ लाख ८५ हजार ७१३ रुपैयाँ, आयकर दायित्व ७७ लाख ९२ हजार ५८० र अन्य दायित्व ४० करोड ४० लाख ३९ हजार ४०५ रुपैयाँ रहेको छ । संस्थाको गत वर्षको कुल पुँजी तथा दायित्व ११ अर्ब ८० करोड ५३ लाख ३८ हजार ७८५ रहेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

एनएमसीले यस बर्ष सदस्य एवम् सामुदायिक हितमा संस्थाको रहँदै आएको भूमिकाको बारेमा पनि केही प्रथाव हरु ल्याएको छ । सदस्यको मृत्यु भएका ५० हजार, सदस्य परिवारको मृत्यु भएमा शुद्धयाइँ खर्च १० हजार, सदस्य दम्पतीमा हुने जन्ममा पोषणयुक्त खानेकुरा र खुत्रुके उपहारसहित को उपस्थित साथै नवजात शिशुको मुख हेरेबापत ५ सय रुपैयाँ नगद उपहार, सदस्यको गम्भीर प्रकृतिको रोगको उपचारमा २५ हजार, दुर्घटनाका कारण सदस्यको मृत्यु भएमा बिमा मार्फत १० लाख, १० हजार सम्म दुर्घटना उपचार सुविधा, २५ हजार सम्म प्राकृतिक प्रकोप राहत, बाल बचतकर्ता सदस्यलाई जन्मोत्सवको अवसरमा उपहार प्रदान गर्ने रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर