Aamsanchar

चारपानेमा भएको नारायण गोपाल साँझ सफल की असफल !

Author Image
बिहिवार, मंसिर २२, २०७९

चारपाने । मंसिर १९ गते झापाको बिर्तामोड–२ चारपानेमा सम्पन्न भएको स्वरसम्राट नारायण गोपालको ३२ स्मृति दिवसमा आयोजित नारायण गोपाल स्मृति सांगीतिक साँझ कार्यक्रमको समीक्षा गरिएको छ ।
चारपानेमा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रम आयोजना हुनु अघि सफल र असफल हुने अड्कलबाजी गरिएको थियो । तर आयोजक संस्था सरगम सङ्गीतालयले कार्यक्रम सफल वा असफलको कुरालाई महत्व नराखी नारायण गोपाललाई स्मरण गर्ने, उनको सांगीतिक यात्राको चर्चा गर्ने भनेर कार्यक्रम आयोजना गरेको थियो ।

साँझ ४ बजेबाट कार्यक्रम आयोजना गर्ने समय तोकिएको थियो, तर ५ बजे सम्म कार्यक्रम स्थलमा आयोजक बाहेक अरु कोही पनि उपस्थित रहेका थिएनन् । निक्कै भव्य तयारीका साथ कार्यक्रम सञ्चालनको तयारी गरिएको थियो । भव्य मञ्च र साउण्ड स्टिमको राम्रो व्यवस्थापन गरिएको थियो । लाइभ बाजाको लागि भारतबाट संगीत टोली ल्याइएको थियो । यि लगायत तयारीलाई हेर्दा सशुल्क कार्यक्रम हो की भनेर धेरैले अनुमान गरेका थिए । तर कार्यक्रम निशुल्क हेर्न पाउने आयोजकले पहिले नै घोषणा गरेको थियो ।

५ बजेर उकालो लाग्दै घडीले ६ बजायो तर पनि दर्शक श्रोताको उपस्थिति न्यून मात्र देखिएको थियो । तोकिएको समय भन्दा २ घण्टा ढिलो भएपछि आयोजकलाई कार्यक्रम सुरु गर्न नैतिक दवाव सृजना भएको थियो । ६ बजे पछि औपचारिक कार्यक्रम सुरु गर्न मञ्चमा सञ्चालक द्वय दिपेश पनेरु र रक्षा तिम्सिना माइकमा बोल्न थाले, त्यस पछि एक पछि अर्को गर्दै निमन्त्रणा गरिएका अतिथि र दर्शक श्रोताहरूको आगमन हुन थाल्यो । सडक छेउमै कार्यक्रम आयोजना भएको थियो ।   कार्यक्रम स्थलमा दर्शको भिड बढ्न थालेपछि मुख्य राजमार्गमा सवारी आवागमनमा असहज नहोस् भनेर प्रहरी र स्वमंशेवक हरुले दर्शक श्रोतालाई सडकबाट हटाउनु परेको थियो । सानो क्षेत्रमा ठुलो कार्यक्रम आयोजना हुनुले त्यस्तो समस्या देखा परेको हो ।

करिव १ घण्टा औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रममा गीतकार शिवशङ्कर थापाको प्रमुख आतिथ्यता रहेको थियो । सरगम सङ्गीतालयका प्रबन्धक निर्देशक दीपक रायमाझीको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो ।

स्थानीय समाजसेवी नारायण राजवंशीको संयोजकत्वमा चारपानेमा पहिलो पटक भव्य रुपमा आयोजित साँगीतिक साँझले चारपाने र आसपासका संगीत प्रेमीहरूलाई औपचारिक कार्यक्रमकै क्रममा कार्यक्रम स्थलमा खिचिरहेको थियो । त्यो बेला सम्म दर्शकको उपस्थिति खचाखच बनी सकेको थियो ।

कार्यक्रममा बिर्तामोडका शिक्षा सेवी जयनारायण ढुङ्गाना, बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, मोहनमाया माध्यमिक विद्यालयका प्रधानाध्यापा शेरबहादुर श्रेष्ठलगायतले मन्तव्य राखेको थिए । अहिलेको समय अनुसार ७ बजे झमक्कै रात परेको हुन्छ । तर चारपानेमा भने सडक बत्ती, मञ्चमा बालिएको बत्तीले चोक झलमल्ल रहेको थियो । मन्द चिसो र सुनसान बन्दै गरेको चोक र फुर्सदिला बनेका सर्व साधारणहरु साँगीतिक कार्यक्रम कतिखेर सुरु हुन्छ भन्दै ओतुहलता प्रकट गरिरहेका थिए । सोही समयमा कार्यक्रम सञ्चालकबाट औपचारिक कार्यक्रमलाई थाती राख्दै साँगीतिक कार्यक्रम सुरु भएको घोषणा भएपछि उपस्थित माहोलबाट तालीको गुञ्जयमान भएको थियो ।

गीत गाउनको लागि ६ वर्षिया उत्साह अधिकारी देखि ६८ वर्षे लिला खत्रीलगायत सरगम सङ्गीतालयका दर्जन भन्दा धेरै विद्यार्थीहरुको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा  नारायण गोपालको स्वर तथा संगीत रहेको २६ वटा गीतहरु प्रस्तुत गरिएको थियो । समूहगत र एकल गायन प्रस्तुतीबाट दर्शकलाई उमंगीत बनाउन सक्ने खालका प्रतिभाहरु प्रस्तुति रहेको थियो । ।
सांगतीक साँझमा लिला खत्री, विद्यया राजवंशी, स्टेला गिरी, अर्पण सिटौला, सौरभ पोखरेल, बेबिका पनेरु, रोहिका तिम्सिना, प्रसुन गुरागाई, उत्सव अधिकारी, अनुजा कडरिया, अनिल अधिकारी, विशेस्ता अधिकारी, अनुस्का नेपाल, विदिश सिग्लेल, सोहन खत्री, टेरिसा नेपाल, रक्षा तिम्सिना, दर्शन विष्ट, अनुकुल निरौला, रुस्ना गिरी, रिद्धिका चिमरिया, ज्योती लामिछाने, गौरव थापा, सूर्योदय खनाल, प्रबिना ढकाल, प्रियंका उप्रेती, सौगात संग्रौला, संजिव बराईली, भूमिका गिरी, गौरव नेपाल, दिक्षा रसाईली, एलिना राईलगायत नव प्रतिभाशाली गायक गायिकाहरुले प्रत्यक्ष बाध्यवादनमा गीत प्रस्तुत गरेका थिए ।

सांगीतिक साँझका लागि छिमेकी मुलुक भारतको मिरिक म्युजिक मेलोडीबाट ६ किसिमको बाध्यबाधन सामाग्री लिएर मिलन राई, जितेन राई, शरण राई, साजेश रुचाल, सुसन लामिछाने र राकेश गोले आएका थिए ।

सांगीतिक कार्यक्रम अबेर राती १० बजे सम्म चल्दा पनि दर्शको उपस्थिति उत्साहजन नै रहेको थियो । दर्शकहरुबाट अझै गीत प्रस्तुत गर्न माग भईरहेको थियो । दर्शकको मागलाई सम्बोधन गर्न आयोजक तयार नै थियो, तर सम्भावित घटना हुने चुनौती पनि उत्तिकै थियो आयोजकलाई, सोही बेला प्रहरीले कार्यक्रम समापन गर्न आग्रह गरेपछि आयोजकले कार्यक्रम समापन गरेको थियो । सागीतिक कार्यक्रमलाई प्रमेश राई, सुनिता लेप्चा, प्रतिष्ठ गाँडी र विशेष्ता अधिकारीले सञ्चालन गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
10
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 818

प्रतिक्रिया (०)

सम्बन्धित खबर