Aamsanchar

छुर्पीको थोकबजार फिक्कल

Author Image
सोमवार, पौष ४, २०७९

इलामको फिक्कल बजारको एक पसलमा बेच्न झुन्ड्याइको छुर्पी ।  छुर्पीको लागि फिक्कल बजार एक राम्रो बजार हो ।  इलाम आउने पर्यटकहरूले कोशेलीको रुपमा र यात्रा गर्दा खानको लागि धेरै मात्रामा खरिद हुने गरेको व्यवसायीहरू बताउँछन् ।

छुर्पी सुकेको पनिर अथवा चीज को एउटा प्रकार हो । जुन पूर्वको हिमाली तथा पहाडी जिल्लाहरूमा प्रख्यात बनाइन्छ ।  उच्चकोटीको छुर्पी याक वा चौँरी गाईको दूधबाट बनाइने गरिन्छ।

छुर्पी बनाउने उद्योगहरू इलाममा धेरै रहेका छन् । यसलाई स्थानीय डेरी वा घरमा तयार गरिन्छ। यो मोही बाट निकालेको कुराउनी बाट तयार गरिन्छ, जसलाई सर्जाम भनिन्छ। सर्जामलाई जुटको झोलामा बेरेर कसेर थिचेर पानी निचोरेर बनाइने गरिन्छ, त्यस पछि यसलाई सुकाएर पनिर जस्तै बनाइन्छ, अन्तिममा यसलाई ससाना टुक्राहरू बनाएर चुलोमाथि झुन्डाएर सुकाए पछि छुर्पी तयार हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर