Aamsanchar

हात्तीको आक्रमणबाट ज्यान गुमाएका भुजेलको काजक्रियामा बसेको परिवारलाई खाद्यन्न प्रदान

Author Image
शनिवार, पौष १६, २०७९

झापा – झापाको बाह्रदशी गाउँपालिका वडा नं.१ का अति विपन्न जगतबहादुर भुजेलको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएपछि उनको काजक्रियामा बसेको परिवारलाई खाद्यन्न प्रदान गरिएको छ ।

गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्था बिर्तामोड–४ को समन्वयमा सहारा नेपाल साकोस अन्तरगतको कर्तब्य फाउण्डेशन र कर्णाली साकोस सञ्चालक समितिको आर्थिक सहयोगमा खाद्यन्न वितरण गरिएको हो ।

सहारा नेपाल साकोसका निर्देशक लक्ष्मण खतिवडा, उप–निर्देशक दिनेशबहादुर निरौला, गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाका अध्यक्ष भूपाल बस्नेत र बाह्रदशी गाउँपालिका वडा नं.१ का वडाध्यक्ष टेकबहादुर राजवंशीसहितको टोलीले खाद्यन्न वितरण गरेको जनाइएको छ ।

भुजेलको कचनकवल गाउपालिका वडा नं.१ स्थित रहेको पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घाँस दाउरा गरी फर्केने क्रममा गत पुस ५ गते जंगली हात्तीको आक्रमण मृत्यु भएको थियो ।

भुजेल परिवारलाई सहारा नेपाल साकोस अन्तरगत कर्तब्य फाउण्डेशनका तर्फबाट १० हजार र कर्णाली साकोसको तर्फबाट १० हजार गरी जम्मा २० हजार रुपैयाँ बराबरको खाद्यन्न प्रदान गरिएको संस्थाका अध्यक्ष भूपाल बस्नेतले जानकारी दिए ।

अति विपन्न भुजेलका २ जना छोराछोरीलाई निःशुल्क अध्ययनका लागि गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्था पहल गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)