Aamsanchar

विराटनगरको सस्थम कलेजको बिद्यार्थी अभिमूखिकरण बिर्तामोडमा

Author Image
शुक्रवार, पौष २२, २०७९

बिर्तामोड । साउथ एशियन स्कुल अफ टुरिज्यम एण्ड होटल म्यानेजमेन्ट (सस्थम) बिराटनगरले बिद्यार्थीलाई बिर्तामोडमा एकदिने अभिमूखिकरण प्रदान गरेको छ ।

सस्थमले बिबिए बिएचएमका प्रदेश १ भरीका बिद्यार्थीलाई शुक्रवार (आज) बिर्तामोडमा अभिमूखीकरण दिएको हो । बिएचएमका १ सय र बिबिएका  ८० जना बिद्यार्थीलाई अभिमूखीकरण प्रदान गरिएको सस्थमका टे«निङ अफिसर कमल आचार्यले जानकारी दिए ।

अभिमूखिकरणको सहजीकरण संस्थमका बिबिएका को–अडिनेटर बिनय केसी, प्रयोगात्मक संयोजक रबी गणेश, बिएचएमका को–अडिनेटर शैलेन्द्र गणेशले गरेका थिए ।
बिद्यार्थीलाई उत्प्रेरणा शिक्षा, अनुशासन र शैक्षिक परामर्शका लागि तालिम प्रदान गरिएको जनाइएको छ । सस्थमका प्रिन्सिपल देबराज श्रेष्ठको अध्यक्षतामा भएको अभिमूखीकरणको उद्घाटन एमएटी कलेजका प्रिन्सिपल तथा कार्यक्रमका प्रमुख अतिथि राधेश्याम ढकालले उद्घाटन गरेका थिए ।

स्वागत संस्थमका क्याम्पस मेनेजर महेश्वरप्रसाद सिंहले गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश क्याम्पसका निर्देशक रोशनबहादुर थापाले पारेका थिए । कार्यक्रममा आलोक कार्कीले आफ्नो अनुभव बिद्यार्थी माझ शेयर गरेका थिए भने उद्घाटन कार्यक्रमको सञ्चालन बिबिएका को–अडिनेटर बिनय केसी गरेका थिए ।

प्रदेश १ मै पहिलो पटक होटल म्यानेजमेन्ट विषय कक्षा सुरु गर्ने शैक्षिक संस्था हो संस्थम ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 354

प्रतिक्रिया (०)

सम्बन्धित खबर