Aamsanchar

शिभान्स स्मृति प्रतिष्ठानद्वारा कनकाईका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Author Image
सोमवार, पौष २५, २०७९

सुरुङ्गा । यसअघि अपाङगता  तथा विपन्न बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएको शिभान्स स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ ।
प्रतिष्ठानले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी मध्येबाट उत्कृष्ट नतिजा ल्याउने तीन जनालाई छात्रवृत्ति प्रदान गरेको हो । प्रतिष्ठानले सोमवार (आज) कनकाई–३ स्थित कनकाई माध्यमिक बिद्यालयमा अध्ययनरत तीन जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शिभान्स बिमलीको ७ औं स्मृति दिवसको अवसर पारेर छात्रवृत्ति वितरण गरिएको प्रतिष्ठानका सञ्चालक केशवप्रसाद ओझाले जानकारी दिए ।

कनकाई माविबाट कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएर हाल दमक मल्ट्रिपल क्याम्पसमा बिएससी अध्ययनरत निशान्त बिमलीलाई ३५ हजार, कनकाई माबिको कक्षा–८ मा अध्ययनरत श्रद्धा गौतम र कक्षा–५ मा अध्ययनरत दिवस कोइरालालाई जनही ७ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ । साथै सोही कार्यक्रमका बिच बिद्यालयमा अध्ययनरत केही बिद्यार्थीलाई स्टेशनरीसमेत वितरण गरिएको थियो ।

स्व.शिभान्स बिमलीका हजुरबुबा नन्दमणि बिमलीको अध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रममा बिमली बन्धु समाजका केन्द्रिय अध्यक्ष युवराज विमलीको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत प्रतिष्ठानका सञ्चालक नेत्र बिमलीले गरेको कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्नेहरु मध्येबाट निशान्त बिमली, व्यवसायी ओमकृष्ण विमली, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जर्नादन उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । बुवा नबिन र आमा राधा बिमलीका कोखबाट २०७१ फागुन १८ गते जन्मिएका शिभान्सको २०७२ पुस २५ गते निधन भएको थियो ।
शिभान्सले बिद्यालय जान नपाएपनि आर्थिक अभावले पढाईमा समस्या हुने बिद्यार्थीलाई केही भएपनि सहयोग पुर्याउने उदेश्यले प्रतिष्ठानको स्थापना गरेको सञ्चालक केशवप्रसाद ओझाले जानकारी दिए । हाल प्रतिष्ठानको अक्षयकोष ८ लाख ८ हजारको भएको बताउँदै सञ्चालक ओझाले प्रत्येक बर्ष अक्षयकोष वढाउँदै लाने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर