Aamsanchar

कनकाई नगर प्रमुख पोखरेल राप्रपा झापाद्वारा सम्मानित (भिडियो सहित)

Author Image
बुधवार, पौष २७, २०७९

कनकाई । नेपाल एकीकरणका महापुरुष श्री ५ बडामहाराज धीराज पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्ती मनाउँदै आज एक कार्यक्रमका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति झापाले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेललाई सम्मान गरेको छ ।

कनकाई नगरपालिकाको कार्यालय जाने बाटोमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गराएर पृथ्वीनारायण शाहको दिव्य उपदेश र नेपालीहरूलाई एकताको सूत्रमा बाँधिन प्रेरणा दिने तथा राष्ट्रिय अखण्डता र सार्वभौमिकताको भावना जीवित राख्न नगरपालिकाको तर्फबाट महान कार्य भएको भन्दै नगरप्रमुख पोखरेललाई राप्रपा झापाले सम्मान गरेको हो ।

सालिक स्थलमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ अध्यक्ष, रामकुमार थापा, प्रदेश सांसद तथा राप्रपा केन्द्रिय प्रवक्ता भक्तिप्रसाद सिटौला र राप्रपा झापा जिल्ला अध्यक्ष कार्यक्रमका सभाध्यक्ष केशवप्रसाद ओझाले पोखरेललाई सम्मान गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समितिको आयोजना र राप्रपा क्षेत्र नं. ४, कनकाई नगर समितिको संयोजनमा आयोजित कार्यक्रममा जिल्ला भरीबाट प्रतिनिधित्व गर्दै राप्रपाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

विभिन्न जातीय झाँकी सहित आएका नेता तथा कार्यकर्ताहरूको सालिक स्थलमा बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल सरकारले यस वर्ष पृथ्वी जयन्ती तथा एकता दिवसको दिन राष्ट्रिय सार्वजनिक बिदा दिएकोमा  राप्रपाका नेताहरूले सरकारलाई धन्यवाद दिएका छन् । कार्यक्रममा भारतमा महात्मा गान्धीको फोटो पैसा तथा रुपैयाँमा राखिएको र नेपाली मुद्रामा पनि पृथ्वीनारायण शाहको फोटो राखिनु पर्ने माग राखेका छन् ।

बडामहाराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बेला गरेको योगदानको बारेमा सीता–रमेश बहुमुखी क्याम्पस बुधबारेका प्रमुख, इतिहासकार गणेश निरौलाले चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रामकुमार थापा, विशेष अतिथि भक्तिप्रसाद सिटौला, कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा, राष्ट्रिय प्रजातान्त्रिक युवा संघ जिल्ला अध्यक्ष रामकुमार राईलगायतले मन्तव्य राखेका थिए ।

झापा क्षेत्र नं. ४ राप्रपा उपाध्यक्ष शारदा बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन राप्रपा झापा सचिवालय प्रमुख कुमार थापाले गरेका थिए ।

भिडियो हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 399

प्रतिक्रिया (०)

सम्बन्धित खबर