Aamsanchar

‘सभामुखमा असफल भईयो अब राष्ट्रपतिमा मिसन बनाएर गठबन्धन टुटाउने प्रयास गर्छौँ’ : कांग्रेस नेता भण्डारी

Author Image
बिहिवार, माघ ५, २०७९

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारूढ गठबन्धन टुटाउन राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन् ।

एमालेले माओवादीसहित आफूहरूको गठबन्धन टुटाएकाले कांग्रेसले पनि त्यस्तै प्रयास गर्नु स्वाभाविक भएको उनको तर्क छ । सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।

सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारूढ गठबन्धन टुटाउने प्रयास सफल नभएकाले अब राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने स्पष्ट पारे । सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भइरहने बताए ।

‘पहिला हामी माओवादीसहित चारवटा पार्टी गठबन्धनमा गयौँ । सरकार बनाउने वेलामा त्यो गठबन्धन टुट्यो । जसको गठबन्धन टुटेको छ, त्यसले अर्को गठबन्धन टुटाउन लागिरहन्छ नि । त्यो निरन्तर प्रक्रिया हो । यो राजनीतिमा आउने स्वाभाविक प्रक्रिया हो,’ उनले भने । श्रोत:नयाँ पत्रिका

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर