Aamsanchar

१ लाख ८८ हजार रुपैयाँ चोरी गरेको आरोपमा घोराहीका १८ वर्षे युवा पक्राउ 

Author Image
शुक्रवार, माघ ६, २०७९

दाङ ।  घोराही उपमहानगरपालिका वडा नं १५ स्थित  ग्लोबल ओरेन्स नेपाल भएको घरको मार्केटिङ गर्ने कक्ष कोठाको ताल्चा फुटाई नगद चोरी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा ४  घर भई सोही  उपमहानगरपालिका १ काठेकोल स्थित  डेरा गरी बस्ने बर्ष १८ को रेशम बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

माघ ५ गते  स्टिल दराज फेरेर   १ लाख ९१ हजार नगद रुपैयाँ चोरी भएको निवेदन प्रहरीमा परेपछि प्रहरीले   घटनास्थलको प्रकृति, अपराध विधि समेत विश्लेषणको आधारमा  रेशम बहादुर चौधरी संकाको आधारमा सोधपुछ गर्दा र रेशम चौधरी  बस्दै आएको कोठाको खोजतलास गर्ने क्रममा हरियो रङ्गको प्लास्टिक भित्र बिभिन्न दरको नेपाली रुपैयाँ १ लाख ८८ हजार रुपैयाँ फेला पारी रीत पूर्वक बरामद गरी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार गौतमले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर