Aamsanchar

महिला राष्ट्रिय टी–२० क्रिकेट : उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम भिड्दै

Author Image
शनिवार, माघ ७, २०७९

काठमाडौं – सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ। दिउँसो १२ बजे जनता क्रिकेट पार्कमा सुरु हुने खेलमा उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम भिड्नेछन्। प्रदेश १ विभागीय क्लब एपीएफलाई पराजित गर्दै फाइनलमा पुगेको हो।

शुक्रबार भएको खेलमा प्रदेश १ ले एपीएफलाई आठ विकेटले पराजित गरेको थियो। त्यस्तै मधेश प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको थियो। सुदूरले मधेसविरुद्ध ११४ रनको फराकिलो जित निकालेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर