![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/01/New-Project-2023-01-22T150800.829.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
रत्न राजमार्गमा छिन्चुदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा.प्र.०१०२६च.९२१३ नं.को उक्त जिप आइतबार बिहान साढे २ बजे झुप्रा खोला नजिक दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार गाडी सडकदेखि करिब २० मिटर तल खसेको थियो ।
प्रहरीकाअनुसार भगवतीमाई गाउँपालिकाका संयोजक समेत रहेका बबिनको शरीरका विभिन्न भागमा चोट लागेको थियो भने उनको उपचारका बिहान ५ बजेतिर मृत्यु भएको थियो । डुङगेश्वर गाउँपालिकाको स्वास्थ्य संयोजक दिपेन्द्र जङ्ग शाहीको टाउको, शरीरको बिभिन्न भागमा चोट लागेको थियो भने गुराँस गाउँपालिका स्वास्थ्य संयो बिसीको पनि टाउको, शरीरको विभिन्न भागमा चोट देखिएको प्रहरीको भनाइ छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
शनिबार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलले एचएमआइएस, भिएसआइएस, इएलएस सम्बन्धी तीन दिने समीक्षा गोष्ठीको प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको थियो । उक्त गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य प्रमुखहरुलाई बोलाइएको थियो ।
सोही गोष्ठीमा सहभागी हुन् आएका थिए, उनीहरु । सागर भैरवीकै भएपनि वीरेन्द्रनगर बस्छन् र यतै स्वास्थ्य रारा मेडिकल सप्लायर्र्स चलाउँछन् । शनिवारको गोष्ठी सम्पन्न भएपछि स्वास्थ्यकर्मी नै भएको नाताले बेलुकीपख सागरसँग भेट भयो । लामो समयपश्चात भेट भएको भन्दै सागरकै गाडीमा उनीहरु साँझपख भेरीगंगा नगरपालिका १ मा रहेको एक कटेजमा रमाइलो गर्ने भन्दै वीरेन्द्रनरबाट निस्किए ।
राति अबेरसम्म खानपिन गरेर करिब १२ बजेतिर पाँचै जना वीरेन्द्रनगरतर्फ फर्कँदै थिए । उनीहरु सवार गाडी सागर शाहीले नै चलाएका थिए ।
सवार गाडीले भेरी नदी क्रस गर्यो । रातको समय भएकाले हुस्सुले सडक ढाकेको थियो । गीतको तालमा जब उनीहरु झुप्रा खोला जाने बाटो क्रस गरेर करिब तीन सय मिटर अगाडि पुगे, सडक छेउमा निर्माण गरिएको डिभाइडरमा गाडी एकाएक बजारिन पुगेको थियो ।गाडी ६ वटा डिभाइडर भत्काउँदै सडकभन्दा २० मिटर तल बजारियो । ४ जना गाडी चालक सागर, राजेन्द्र, दिपेन्द्र र बबिन गम्भीर घाइते भइसकेका थिए । वीरेन्द्रले प्रहरीलाई फोन गरेपछि बिहान करिब साढे २ बजेतिर प्रहरीले उनीहरुको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्याएको पनि चार जनालाई बचाउन नसकिएको अधिकारी माधव प्रसाद श्रेष्ठले बताए
उनीहरुले मदिरा सेवन समेत गरेको प्रहरीको भनाइ छ । प्रदेश अस्पतालमा उपचारत घाइते वीरेन्द्रले भने,‘गाडी स्पिडमा पनि थिएन, हस्सु पनि लागको थियो, गीत सुन्दै यात्रा गरिरहँदा, खै एक्कासी के भयो भयो, गाडी खसेपछि म सडकको साइडवालतिर परेछु, जसोतसो गरी उठेजस्तो लाग्छ, पछि प्रहरीलाई फोन गरेछु, त्यसपछि मलाई कहाँ के भयो थाहै भएन ।’
चार जना युवा स्वास्थ्यकर्मीको निधनले दैलेखको स्वास्थ्य क्षेत्र शोकमा डुबेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले एक विज्ञप्ति जारी गर्दै चार जनाको निधनले दैलेखको स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत मृतकप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।