Aamsanchar

म सरकारमा गए पछि मान्छेले भनेको कुराले सियोले घोचेको झै भएको छ : उपप्रधानमन्त्री लिङदेन

Author Image
सोमवार, माघ ९, २०७९

झापा । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले झापाको अर्जुनधारा १ मा रहेको साधुटार स्थित श्री शंकराचार्य पीठ  वेदवेदाङ्ग संस्कृत पाठशालाको नव निर्मित चार कोठे भावनको उद्घाटन गरेका छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४५ लाख रुपैयाँमा बनेको २ तले, ४ कोठे भवनको आज लिङदेनले उद्घाटन गरेका हुन ।   त्यस्तै श्री शंकराचार्य पीठ घोषणा भएको २५ औं वर्ष तथा रजत जयन्तीको अवसर पारेर आद्य जगतगुरु शङ्कराचार्यको  प्रतिमा सहित रजत स्तम्भ को पनि अनावरण गरेका छन् ।

उद्घाटन, अनावरण पछि उपप्रधानमन्त्री लङदेनले सम्बोधन पनि गरेका थिए । सम्बोधनको क्रममा मन्त्री लिङदेनले आफू सरकारमा जादा जनताहरुबाट पाएको सर्मथन र आलोचनाको बारेमा आफ्नो धारणा राखेका थिए । उनले भने ‘नेपालमा मानिसहरूले मन्त्री हुनु, सरकारमा जानुलाई राम्रो मान्दैनन् । मलाई हजारौं शुभेच्छुकहरूले  अहिले सरकारमा जानु हुदैन भनेर भन्नु भएको थियो, कसैले गएर देखाउनु पर्छ भन्ने थियो । कसैले कदापी जानु हुदैन भन्ने थियो । म सरकारमा जादा नराम्रो मान्ने मेरो शुभेच्छुहरू पनि हुनुहुन्छ, राजेन्द्रले सरकारमा गएर ठिक गर्यो भन्ने पनि हुनुहुन्छ । त्यो सुविधाको बीच म अहिले सरकारमा सामेल भएको छु । म यतीमात्र भन्छु तपाईँहरूको हिजोको राजेन्द्र आज पनि त्यही छ । केही फेर बदल भएको छैन । राजेन्द्र सरकारमा गएर हिन्दुत्वको मुद्दा कमजोर हुदैन झन बलियो बनाउँछ । हिजो चर्को कुरा गरेर हिन्दुत्वको मुद्दा उठाउँदै आएको थिए भने अब  व्यवहारमा त्यसलाई लागू गराउँदै लैजान्छु । म सबैकुरा सक्छु भन्दिन । पहिले म अहिले जहाँ छु मेरो सामर्थ र सिमा बुझ्छु । मेरो सामर्थ्यले भ्याए सम्म राम्रो गर्छु नराम्रो गर्दै गर्दिन । नराम्रो गर्यो भन्ने कुरा तपाईँहरूको कानले सुन्नु पर्दैन । त्यो दिन आउन दिन्न ।’

‘नेपालमा हिन्दु राष्ट्र हुनुपर्छ भनेर विना स्वार्थ उभिएको मान्छे हुँ । सुशासनको पक्षमा दरो खुट्टा टेकेर उभिएको मान्छे हु । मेले भ्रष्ट्रचारको कुरा गर्दा कति मान्छेहरूले क्या गज्जब कुरा गर्यो भन्नु हुन्थ्यो । कतिले यसले नपाए सम्म हो ।  नपाउँदा त जल्ले पनि भन्छ नी , पाए पछि पो देखिन्छ भन्ने कुरा थियो ।  यसपालि सरकारमा जाने कुरामा मलाई त्यो कुराले पनि बढी जोड गर्यो, मैले अहिले सम्म १ रुपैयाँ भ्रष्ट्राचार गरेको छुईन । मान्छेले भन्छन नपाए सम्म हो, यो कुराले मलाई सियोले घोचे जस्तो हुन्छ । मेरो कुरालाई कति मान्छेले खिल्ली उडाउथे । प्रधानमन्त्री बन्ने मौका नपाए पनि मन्त्री भएर पनि केही राम्रो काम गरेर देखाई दिनु पर्यो भन्ने कुराले मलाई यसपालि जोड गर्यो । म जतिदिन सरकारमा रहन्छु त्यस पछि पनि १ रुपैयाँ भ्रष्ट्राचार गरेर छैन भनेर जुन सुकै मन्दिर छिर्ने तागत लिएर फर्किन्छु । यो मैले भन्नको लागि भनेको चिज होइन । अरुलाई कति रोक्न सक्छु । त्यो अगल कुरा हो । त्यो पनि कोसिस गर्छु । कुनै प्रकारको सम्झौता गर्दिन । तर अर्कोले खाएको कुरा थाहा पाइन देखिन भने मैले के जान्नु, म खान्न म भ्रष्ट्राचार गर्दिन भनेर गरेको बाचालाई व्यवहारमा गरेन, भनेर देखाउन म अहिले सरकारमा गएको हु । कति मेरो शुभचिन्तकहरुलाई लागेको होला राजेन्द्र बर्वाद हुने भयो, चोर हुने भयो भन्ने लागेको छ भने चिन्ता नलिदा हुन्छ । म त्यो अग्नी परिक्षामा खरो रुपमा उर्तेर फर्किन्छु ।’

उपप्रधानमन्त्री लिङदेनले आजै बिर्तामोड–२ चारपानेमा रहेको श्री विवेकाश्रम तथा श्री साङ्गवेद संस्कृत माध्यमिक विद्यालयमा आयोजित श्री सूर्यपुराण धानधान्यचल ज्ञान महायज्ञको पनि उद्घाटन गरेका छन् ।

उपउप्रधानमन्त्री लिङदेन माघ ९ गते झापाको साधुटार आउने, सन्त सम्राट् स्वामी सुबोधानन्द गिरिजी महाराजको दैनिक प्रवचन हुँदै

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर