Aamsanchar

आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाल घुससहित रंगेहात पक्राउ

Author Image
मङ्गलवार, माघ १०, २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गर्नेविरुद्ध आक्रामक कारबाही थालेसँगै  अख्तियारको अनुगमन टोलीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई ९ लाख ५० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियारले चुँडालसँग रहेको १ लाख ५० हजार र स्रोत नखुलेको ८ लाखसहित ९ लाख ५० हजार रुपैयाँ बरामत गरिएको जनाएको छ । यसैगरी अख्तियारले चुँडालका साथमा रहेको विभिन्न ब्रान्डका ९ बोतल मदिरा, निजले प्रयोग गर्ने सामसुङ मोबाइलसहित पाँच थान मोबाइल बरामत गरेको छ ।

चुडालले एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनेर सेवाग्राहीसँग रकम असुली गरेको आरोप छ ।

चुडाल भद्रपुर विमान स्थलको प्रमुख रहेको बेला उत्कृष्ठ कर्मचारीको रुपमा झापा जिल्ला कै विशिष्ठ सम्मान उत्कृष्ठ नागरिक सम्मान द्वारा सम्मानित व्यक्ति हुन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर