Aamsanchar

हेलिकोप्टरका पाइलट कुटपिट गर्ने ६ जना पक्राउ

Author Image
मङ्गलवार, माघ १०, २०७९

काठमाडौं –स्याङ्जामा प्रभु एयरको हेलिकोप्टरका पाइलट कुटपिट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चारजना यात्रु र २ जना कुटपिटमा संलग्न स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो ।

माघ ५ गते दिउसो पोखराबाट स्याङजाको वालिङ गएको प्रभु एयरको हेलिकोप्टर खेलमैदानमा अवतरण गराएपछि स्थानीयले पाइलटसहित सवारहरुलाई कुटपिट गरेका थिए ।

पक्राउ पर्नेमा हेलिकोप्टरमा रहेका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरि र खिमबहादुर राना रहेका छन् । त्यसैगरी स्थानीय यामबहादुर गुरुङ र सुरेश श्रेष्ठलाई पनि पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर