Aamsanchar

राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

Author Image
बुधवार, माघ ११, २०७९

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । एसियन लायन्सले पारस खड्कालाई अनुबन्ध गरिएको जनाएको छ ।

लायन्सले पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र शोयब अख्तरलाई टोलीमा अनुबन्ध गरेको छ । यो प्रतियोगिता भारतीय पूर्व कप्तान सचिन तेन्दुलकरदेखि वेस्टइन्डिजका ब्रायन लारासम्मका खेलाडीले खेल्दै आएका छन् । लिगमा वर्ल्ड जायन्टस्, इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहनेछ ।

लिगको तेस्रो संस्करण आउँदो फेब्रुअरी २७ देखि मार्च ८ तारिखसम्म कतार र ओमानमा हुँदैछ । पारस खड्काले दुई वर्षअघि सन्यास लिएका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेलेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर