Aamsanchar

भगवान सँगै पितृहरूको तस्विर राख्नु ठिक कि बेठिक ?

Author Image
बुधवार, माघ ११, २०७९

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् ।

दिनदिनै पूजापाठ गर्ने हिन्दूहरूले छुट्टै पूजाकोठा बनाउने गरेका छन् । तर केही अबुझ मानिसहरूले देवताका साथसाथै आफ्ना पूर्वजहरूको तस्वीर पनि पूजाकोठामा टांग्ने गरेका छन् ।

तर वास्तुशास्त्रका अनुसार पूजाकोठामा पितृपूर्वजहरूको तस्वीर झुण्ड्याउनु हुँदैन । यसो गर्दा परिवारमा अशान्ति र दुर्भाग्य छाउँछ ।

हिन्दू धर्मअनुसार मानिसको मृत्यु भएपछि उसको आत्माले शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ । अनि आत्माको मात्र पूजा हुन्छ, शरीरको हुँदैन । त्यसैले त प्राण निस्किएपछि शरीरलाई जलाइन्छ । अब भगवान् सँगै राखेर मृत व्यक्तिलाई पूजा गर्नु त भगवानकै निन्दा हो किनकि भगवानको त जन्म र मृत्यु हुँदैन, पृथिवीमा अवतार र पुनर्गमन मात्र हुन्छ ।

वास्तुशास्त्र अनुसार भगवानको तस्वीर उत्तर वा उत्तरपूर्व दिशामा राख्नुपर्छ । पूजाकोठा पनि उत्तरपूर्वमै हुनुपर्छ । मृत पूर्वजहरूको तस्वीर चाहिँ दक्षिण पश्चिमतिर राख्नुपर्छ । यसरी वास्तुक्रममा तस्वीरहरू नराख्दा घरमा अशान्ति बढ्छ अनि आर्थिक संकटको स्थिति आइलाग्छ ।

मृत पूर्वजहरूको तस्वीर अर्कै कोठामा राख्नु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर