Aamsanchar

साउदी सुपर कपबाट रोनाल्डोसम्मिलित अल नासर बाहिरियो

Author Image
शुक्रवार, माघ १३, २०७९

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । गएराति सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित भएसँगै अल नासर प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलमा पटकपटक पाएको मौका गुमाउँदा अल नासर हार बेहोर्न बाध्य भयो । अल इतिहादको जितमा रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले एकरएक गोल गरे । अल नासरका लागि एन्डरसन टालिस्काले मात्र एक गोल फर्काउन सकेन ।

इतिहादले पहिलो हाफ २–० को अग्रता लिएको थियो । उसका लागि १५ औं मिनेटमा रोमारिन्हो र ४३ औं मिनेटमा हम्दाल्लाहले गोल गरे । ६७ औं मिनेटमा अल नासर टालिस्काले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । इन्जुरी समयमा अलशान्कितिले गोल गर्दै इतिहादलाई ३–१ को उत्कृष्ट जित दिलाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर