


काठमाडौं : गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। सुनुवाइ सकिएसँगै अन्तिम फैसलाको प्रतीक्षा भइरहेको छ।
यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
शुक्रबार संवैधानिक इजलासमा रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरे।

यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको छ। यससँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन्।
गृहमन्त्री लामिछानेको मुद्दामा अन्तिम फैसला हुनै लाग्दा सर्वोच्च अदालत परिसरमा ठूलो मात्रामा सुरक्षाकर्मी खटाइएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 86