Aamsanchar

अधिवक्ता, समाजसेवी कोपिला बस्नेतलाई उत्कृष्ट नागरिक सम्मान 

Author Image
शनिवार, माघ १४, २०७९

कनकाई । सुरुंगा जेसीजले यस वर्ष कानुन र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति झापा बिर्तामोड –१ निवासी कोपिला बस्नेतलाई वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ ।
आज (शनिवार) जेसीजको १४ औं पद हस्तान्तरण समारोहको अवसरमा बस्नेतलाई सम्मान गरिएको हो ।

अधिवक्ता तथा समुन्नत नेपालकी संस्थापक बस्नेतलाई न्याय पाउन नसकेका महिला तथा आर्थिक अवस्था कमजोर भएका सयौँ पीडितहरूलाई निशुल्क वकालत गरेर न्याय दिलाएको र परिवार विहीन र समाज तथा परिवारबाट उपेक्षित महिलाहरूलाई बिर्तामोड स्थित समुन्नत नेपालमा आश्रय दिएर विभिन्न आयमूलक सीप सिकाएर सयौँ महिला, किशोरीहरूलाई आत्मनिर्भर बनाउन तालिम प्रदान गरि विभिन्न हस्तकलाका सामाग्रीहरू उत्पादन गराएर देश तथा विदेशमा सम्म बिक्री गर्दै आश्रित महिलाहरूलाई आर्थिक आत्मनिर्भर बनाउँदै उनीहरूको  भाग्य र भविष्य सुन्दर बनाउन उल्लेखनीय योगदान गरेको भन्दै झापालीहरू मध्ये बाट यस पटक वर्ष उत्कृष्ट नागरिक सम्मान द्वारा सामाजिक अभियन्ता बस्नेतलाई सम्मान गरिएको  सुरुंगा जेसीज उत्कृष्ट नागरिक छनौट समितिका संयोजक त्रिलोचन उप्रेतीले बताए ।

जेसीजले दिने उत्कृष्ट नागरिक सम्मान झापामा निक्कै ओजिलो सम्मानको रुपमा लिइने गरिएको छ । यस अघि झापाका विभिन्न क्षेत्रमा आवद्ध रहेर योगदान पुर्याउने दर्जन भन्दा धेरै वशिष्ठ व्यक्तिहरु सुरुंगा जेसीजबाट सम्मानित भई सकेका छन् ।

चन्द्र मैनाली समाजसेवा, पुष्पलाल निरौला (स्व.) धार्मिक, चन्द्र भण्डारी सञ्चार, लोकराज ढकाल मानव सेवा, हरि खड्का खेल, दिलभूषण पाठक सञ्चार, सविना बस्नेत खेल, इन्दिरा रानामगर समाजसेवा, महेन्द्रकुमार गिरी  लघुवित्त, प्रमोद खरेल कला, कोमल पोखरेल साहित्य, मनोज गजुरेल कला र यस वर्ष कानुन तथा समाजसेवाको क्षेत्रबाट अधिवक्ता कोपिला बस्नेत सम्मानित भएकी हुन ।

सामाजिक अभियन्ता बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, सांसद लालप्रसाद साँवा, सुरुंगा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने, पूर्व अध्यक्ष शिवकुमार कडेललगायतले सम्मन गरेका थिए । सम्मानित व्यक्तित्व बस्नेतलाई नौमती बाजा, पञ्चकन्या र उपस्थित लब्धप्रतिष्ठित व्यक्तिहरूले एस्कर्टिङ गरेर कार्यक्रम स्थलमा ल्याएका थिए ।

उत्कृष्ट नागरिकको परिचय सुरुंगा जेसीजका पूर्व अध्यक्ष कुमारमणी पोखरेलले गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)