Aamsanchar

मेचीनगरमा मेलमिलापकर्ता भन्छन ‘अब हामीलाई विवाद समाधान गर्न सजिलो भयो ’

मेचीनगरमा आठदिने तालिम समापन

Author Image
सोमवार, माघ १६, २०७९

मेचीनगर । झापा मेचीनगर— १० धुलावारीकी रोश्नी खनाल गाउँघरमा हुने सामान्य विवादमा समेत कसरी मिलपत्र गराउने होला भनेर अन्योलमा थिईन् । खनालले गाउँकी अग्रज महिलाकैरुपमा आफुलाई उभ्याएकी छन् । नगरपालिकाले आयोजना गरेको मेलमिालप सम्बन्धि ८ दिवशिय आधारभूत तालिममा सहभागी भएर तालिम लिएपछि अहिले यी सवै सारा समस्याबाट मुक्त भएको अनुभव गरेको बताउनुहुन्छ । कानुनी अवस्थाका विषयमा धेरैलाई ज्ञान हुन नसक्दा गाउँघरमा हुने सामान्य विवाद हल गर्न समेत धेरैलाई समस्या हुने गरेको छ ।

मेचीनगरका करीव ३५ जना सहभागीहरुले मेलमिालप सम्बन्धि ८ दिवशिय आधारभूत तालिम लिएपछि आफुहरु न्याय सम्पादनमा केही सक्षम भएको विश्वास व्यक्त गरेका छन् । मेचीनगरमा भएको आठदिने मेलमिालप सम्बन्धि ८ दिवशिय आधारभूत तालिम पछि उनीहरुले केही हदसम्म भएपनि आफुहरु न्याय सम्पादन गर्न सक्षम बनेको तालिममा सहभागी तेजप्रसाद रिजालको भनाई छ ।

नेपालको संविधान २०७२, को धारा २४१ (१२) तथा अनुसूची ८ मा उल्लेखीत स्थानीय तहको अधिकारहरु र मेलमिलाप सम्बन्धी ऐन २०६८ तथा नियमावली २०७०, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा २ बमोजिमका विवादहरु मेलमिलापको माध्ययमबाट समाधान गर्नका लागि मेलमिलाप कार्य सञ्चालनको व्यवस्था छ ।

मेचीनगर नगरपािलकाले वडास्तरीय मेलमिलाप केन्द्का सूचीकृत मेलमिलापकर्तालाई तालिम दिएपछि उनीहरुमा पूरै परिवर्तन आएको छ । उनीहरुले गाउँघरमा हुने सानातिना झगडामा खासै चासो नराख्ने गरेको र कानुनका बारेमा जानकारी लिएपछि अब समाजका हरेक क्रियाकलाप मा सहभागी जनाउने बताएका छन् ।

संघीय व्यवस्थासँगै स्थानीय तहका उप्रमुख तथा उपाध्यक्षहरू न्यायिक समिति संयोजक रहने व्यवस्था गरिएपनि विषयगत ज्ञान नहुँदा काममा समस्या परेको

मेचीनगर न्ययिक समिति संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । उहाँले न्याय सम्पादनमा दक्षता नहुँदा मेलमिलापकर्तासँग जनता रिसाउने गरेको न्यायिक काममा समस्या आउँने गरेको बताउनुभयो ।

स्थानीय तहलाई प्राप्त अधिकार र दायित्वको प्रभावकारी कार्यान्वयनमा तालिमले महत्वपूर्ण योगदान पुग्ने मिलमिलापकर्ताको भनाई छ । मेलमिलाप तथा मेलमिलापको माध्यमबाट विवाद समाधान, न्याय निरुपणमार्फत विवाद समाधन, न्यायिक समिति अभ्यास, फैसला कार्यान्वयन, पुनरावेदनलगायतका बारेमा सहभागीले ज्ञान लिएका छन् ।

आफुहरुलाई कानुनी ज्ञान नहुँदा न्याय सम्पादनमा असहज भएको अवस्थामा अब तालिमपछि भने केही सहजता भएको उहाँसँगै सहभागी मेचीनगर — ९ की जानुका न्यौपाने ओलीको भनाई छ । स्थानीय सरकार मेचीनगर नगरपालिकाले स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी र सबैले न्यायको अनूभूत गर्न सकुन भन्ने उद्देश्यले प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा आठदिने तालिम सञ्चालन गरेको थियो । उक्त तालिम उपलब्धीमूलक भएको र तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरेको मेचीनगर १३ की तुलसा काफ्ले सुवेदीले सुनाउनुभयो ।

जानी–नजानी मुस्किलले न्याय सम्पादन गर्दै आएको र अहिले तालिमबाट धेरै कुरा सिकेपछि अब सहज रुपमा न्याय सम्पादन गर्न सकिने विश्वास पलाएको उहाँको भनाई छ । न्याय सम्पदानका विषयमा हुने असहजतालाई तालिमले केही हदसम्म भए पनि सहज बनाएको तालिममा सहभागी गणेशकुमार खरेलको भनाई छ ।

झापा जिल्ला अदालतका मुख्यः न्यायधिस चन्द्रमणि ज्ञवालीले स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी र मजबूद बनाउन तालिमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । न्यायधिश ज्ञवालीले स्थानीय तहको न्यायिक कार्यविधिको अवलम्वन, अभ्यास र चुनौतिका विषयमा आफ्ना धारणा राख्नुहुन्छ ।

कानुनी बाटो अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने भएकाले मेलमिलापकर्ताहरु कानुनी विषयमा दक्ष बन्नुपर्ने हुन्छ । यस्ता तालिमहरुले राजनीति र नयाँ क्षेत्रमा अब्बल बन्न नेतृत्व विकास र सशक्तिकरणको पक्ष महत्वपूर्ण हुने गर्दछ । कार्यक्रममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)