Aamsanchar

झापाली खेलाडी त्रिसा जवेगूलाई गृह नगरमा सम्मान

Author Image
सोमवार, माघ १६, २०७९

बिर्तामोड। थाइल्यान्डमा सम्पन्न एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी झापाकी त्रिसा जवेगूलाई गृह नगरमा सम्मान गरिएको छ ।

झापा भद्रपुरकी जवेगूलाई आज एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समितिको अगुवाईमा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा भद्रपुर झापा गोल्ड कपका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले एसियन प्रतियोगितामा पदक प्राप्त गरेर सिंगो झापालाई गौरवान्वित बनाएको बताए । उनले आगामी दिनमा जवेगूलाई सहयोग गर्ने बाचा गरे ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, पावर लिफ्टिङ संघ झापाका संयोजक प्रज्ज्वल राई, समितिकी उपाध्यक्ष गंगा भूर्तेल, समिति सदस्य पूर्णिमा सिटौला, बक्सिङ प्रशिक्षक डम्बर लिम्बू लगायतले जवेगूलाई सम्मान गरेका थिए ।

जवेगूले मिडल वैट ७५ किलो तौल समूहमा बाई पाएर कास्य पदक पक्का गरेकी थिइन् । जवेगू हालै गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ७५ केजी तौल समूहकी स्वर्णधारी मुक्केबाज हुन् ।

उनलाई नेपाल सरकारले नगद तीन लाख रुपैयाँसहित पुरस्कृत गर्ने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर