Aamsanchar

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन

Author Image
मङ्गलवार, माघ १७, २०७९

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको छ ।

उपयुक्त कारणविनै सन्दीपलाई धरौटीमा छाडिएको भन्दै उनलाई पक्राउको माग गरेर महान्यायाधिवक्ताको कार्यालयले आज मङ्गलवार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेको जानकारी दिनुभयो ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाण्डाैले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । तर उच्च अदालत पाटनले  भने २० लाख रुपैयाँमा छाड्ने आदेश दिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर