Aamsanchar

गुल्सनले यू-१९ एसियन क्वालिफायर्समा नेपाली टिमको कप्तानी गर्ने

Author Image
बुधवार, माघ १८, २०७९

पोखरा –आईसीसी एसियन क्वालिफायर्सका लागि गुल्सन झाले नेपाली टिमको कप्तानको जिम्मेवारी पाएका छन् । यस्तै दीपेश कँडेलले उपकप्तानको जिम्मेवारी पाएका छन् ।

पोखरामा बसेको क्यानको बोर्ड बैठकले यी दुई सिनियर खेलाडीलाई कप्तान र उपकप्तानको रुपमा छनोट गरेको हो ।क्यानको छनोट समितिले कप्तानका लागि देव खनाल र गुल्सन झाको नाम पठाएको थियो भने उपकप्तानका लागि दिपेश कँडेललाई नाम सिफारिस गरेको थियो । गुल्सनले पहिलो पटक नेपालको लागि कप्तानी गर्ने भएका हुन् ।गुल्सनले २०२१ सेप्टेम्बरमा १६ वर्षको उमेरमा युएईविरुद्धको एक दिवसीय खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।नेपाली टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, देव खनाल, उत्तम थापा मगर, सुबास भण्डारी, दीपक डुम्म्रे, बिशाल केसी र मिलन बोहरा पनि  छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर