मोरङ-मोरङको रंगेली नगरपालिका-५ आँपगाछी बोडर स्थितबाट अवैध सुर्तीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान २ बजे ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ६ सय ९० के.जी. अन्दाजि २ लाख ७ हजार बराबरको धुलो सुर्ती बरामद भए सगैं ३३ बर्षीय उसमान शेख मिँयालाई पक्राउ गरेको हो । पक्राउ परेको उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 72