Aamsanchar

जुम्लामा एक चालक (कर्मचारी) द्वारा आत्मदाहको प्रयास

Author Image
बिहिवार, माघ १९, २०७९

जुम्ला । जुम्लामा रवि लामिछानेको पक्षमा एक युवा मर्न तयार  भएर आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको छ ।

प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1167

प्रतिक्रिया (०)

सम्बन्धित खबर