Aamsanchar

झापाकाे शिवसताक्षीमा दुई वटा ट्रक एकआपसमा ठोकिँदा दुई जनाको मृत्यु

Author Image
शुक्रवार, माघ २०, २०७९

झापा – झापाकाे शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक एकआपसमा ठोकिँदा आज शुक्रवार बिहान दुई जनाको ज्यान गएकाे छ ।

ज्यान गुमाउनेमा ना ३ ख ८३११ नम्बरकाे ट्रकका चालक मदन चौधरी र त्यही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

उहाँका अनुसार पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना ३ ख ८३११ नम्बरकाे ट्रकले ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर