Aamsanchar

सुनको भाउ आज

Author Image
शुक्रवार, माघ २०, २०७९

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिले सम्मकै उच्च मूल्य मा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा एक लाख छ हजार एक सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुनको भाउ एक लाख सात हजार पाँच सय रुपैयाँ थियो । आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगाे भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन । सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा भाउ बढेको महासङ्घको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
बुधवार, चैत १४, २०८०