Aamsanchar

१५ दिन अघि नै बिर्तामोड महोत्सवको आधा भन्दा धेरै स्टल बुकिङ, आयोजकले २० वटा संघसंस्था सँग अन्तरक्रिया गरिसक्यो   

Author Image
शुक्रवार, माघ २०, २०७९

बिर्तामोड ।  झापाको बिर्तामोडमा आयोजना हुन लागेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु हुने १५ दिन अगावै  आधा भन्दा धेरै  स्टलहरू बुकिङ भइसकेको छ । फागुन ५ गते देखि १५ गते सम्म आयोजना हुने महोत्सवको लागि अन्तर्राष्ट्रिय, स्थानीय तथा जिल्ला बाहिरका व्यवसायीहरूले स्टल बुकिङ गरेका हुन ।  २ सय ५० वटा स्टल मध्ये करिव आधा स्टल बुकिङ भइसकेको महोत्सव आयोजक समितिका सचिव कुशल खतिवडाले बताए ।

विगत चार वर्ष अघि बिर्तामोडमा आयोजना भएको महोत्सवमा २ सय वटा स्टलहरू रहेको थियो सो बेला स्टल बुकिङका लागि ढिलो सम्पर्कमा आउने व्यवसायीहरूलाई स्टल उपलब्ध गराउन सकिएको थिएन यस बर्ष क्षेत्र बढाएर  ५ बिघामा महोत्सव आयोजनाको तयारी गरिएको छ ।  यो पटक २ सय ५० वटा स्टल रहने महोत्सव संयोजक राजु न्यौपानेले जानकारी दिए ।

आयोजक संस्था बिर्तामोड उद्योग वाणिज्य संघले कृषि वस्तुलाई सुलभ दरमा स्टल उपलब्ध गराउने भएको छ ।  कृषि उपज (ब्राण्डीङ ) नगरिएको १०x१० को स्टललाई १५ हजार तोकेको छ । साना तथा घरेलु उत्पादनको लागि २० हजार, मोबाइल तथा इलेक्ट्रोनिक्स, निर्माण, हार्डवेयर तथा फर्निचर, खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु, अस्पताल तथा शैक्षिक संस्था, तयारी पोशाक तथा जुत्ताचप्पलको स्टलको लागि ३० हजार । त्यस्तै बैंक तथा वित्तिय संस्था, विदेशी प्रर्दशनी १५x२० स्टलको ३५ हजार, चारपाङ्ग्रे अटोमोबाइललाई ४० हजार र होटल फास्ट फुडको १५x२० को स्टलको लागि ६० हजार शुल्क निर्धारण गरिएको छ । अटो मोबाइल्स र होटल ले खुला क्षेत्र पनि प्रयोग गर्न पाउने भएका छन् ।

जातजाति र कला संस्कृति झल्कने स्टललाई भने आयोजकले निशुल्क उपलब्ध गराउने भएको छ ।

बिर्तामोड नगरपालिका – २ स्थित रामचोकमा हुन लागेको महोत्सव सफल बनाउनको लागि वाणिज्य संघले विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू बिच अन्तरक्रिया कार्यक्रमलाई तिव्रता दिएको छ ।बाणिज्य संघले २० वटा भन्दा धेरै संघ संस्थासंग अन्तरक्रिया गरिसकेको बताइएको छ ।

आज  महिला उद्यमीहरु संग संघमा छलफल गरिएको छ । छलफलका क्रममा महिला उद्यमीहरूले महोत्सवलाई सफल बनाउन आआफ्ना ठाउँबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता जाहेर गरेका छन् । बिर्तामोडकै गौरवका रुपमा महोत्सव आयोजना गरिएको र त्यसलाई सफल बनाउन आफूहरूको दायित्व रहेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताइन ।
त्यस्तै एबीसी नेपालकी अध्यक्ष कञ्चना सिटौला, महिला मुक्ति अभियानकी झापा अध्यक्ष राधा सुब्बा, महिला उद्यमी संघ बिर्तामोडकी अध्यक्ष तिलोत्तमा खत्रीलगायतले महोत्सव सफल बनाउन बिर्तामोड बासीकै दायित्व रहेकाले सबै एकजुट हुनु पर्ने धारणा राखेका थिए ।

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवका संयोजक राजु न्यौपानेले आयोजना गर्न लागिएको महोत्सवका विषयमा प्रकाश पारेको कार्यक्रममा नेपाल उद्यमशील महिला संघकी सचिव यशोदा प्रसाई, नेपाल उद्यमशील महिला संघकी सहसचिव चन्द्रा भट्टराई पोखरेल, सदस्यहरु चन्द्रकला रिजाल भट्टराई , विना थापा घिमिरे, कविता पौडेल, उमा भट्टराई प्रसाई, विमला भट्टराई, माया प्रधान, अञ्जु लामिछाने लगायतले महोत्सव सफल बनाउन आ– आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिवद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन सतिव कुशल खतिवडाले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१