Aamsanchar

ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु

Author Image
शनिवार, माघ २१, २०७९

तानसेन: ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। स्कुटरमा सवार आमा छोराको मृत्यु भएको हो।

तानसेनबाट बगनासकाली गाउँपालिका झिरभञ्ज्याङ जाँदै गरेको लु २ त ९८८४ ट्याक्टरले सोही दिशातर्फ जादै गरेको लु ५३ प ७५७१ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ३९ वर्षीया मीना थापा र उनका छोरा १९ वर्षका अभिषेक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

साढे ९ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि पाल्पा अस्पताल पुर्‍याइएको थियो। अस्पतालले साढे १० बजे दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए।ट्याक्टर चालक र सहचालकलाई नियन्त्रण लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
1
+1
1
+1
3
+1
20
Views: 1890

प्रतिक्रिया (०)