Aamsanchar

नीर शाहद्वारा चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट राजीनामा

Author Image
बिहिवार, माघ २६, २०७९

काठमाडौं – चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट नीर शाहले राजीनामा दिएका छन् । अहिलेको बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै उनले शाहले राजीनामा दिएका हुन् ।

“बोर्डका विभिन्न खालका केही काम भएका छन् । तर, त्यो सल्लाह बमोजिम भएका होइनन् । के निर्णय हुँदै छ भन्ने थाहा भए कम्तीमा आफ्नो राय सुझाव दिन सकिन्थ्यो,” शाहले  भने, “के निर्णय हुँदै छ भन्ने थाहै नहुँदा आफ्नो रायसमेत राख्ने अवस्था नभएको स्थितिमा त्यहाँ बसिरहनु मैले उचित ठानिनँ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (१)

सम्बन्धित खबर