Aamsanchar

विराटनगर महानगरद्वारा सुनौला हजार दिनका आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

Author Image
बिहिवार, माघ २६, २०७९

विराटनगर – विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

महानगरले प्रदेश–१ सरकार र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत समुदायमा सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

विराटनगर–४ को खार्जीमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गुणस्तरीय र नियमित सेवा दिनलाई कर्मचारीहरूलाई आग्रह गरे । नागरिक स्वस्थ भएमा मात्रै समाजको चौतर्फी विकास हुने उनले बताए । महानगरपालिकाले पनि स्वास्थ्य र शिक्षालाई उच्च महत्व दिएर काम गरिरहेको सुनाए । अभिमुखीकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा मेयर कोइरालाले जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सुनौलो हजार दिनलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताए । महानगरका १९ वटै वडामा कार्यक्रम सञ्चालन गरिने कोइरालाको भनाइ थियो । अभिमुखीकरण कार्यक्रममा पोषणको परिचय र महत्व, न्यून मातृशिशु पोषणका असरहरू, पोषणचक्र, पोषणका लागि सुनौला हजार दिनको महत्व, मातृशिशु तथा बाल्यकालीन पोषण सुधारका लागि परिवारको भूमिकाको बारेमा जानकारी गराइएको थियो । उपयुक्त गर्भाधानको समय तथा गर्भानत्तरको महत्व, प्रि–कन्सेप्स्सनल फोलिक एसिड र पोस्ट फोलिकको महत्व बारेमा जानकारी गराइएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (२)

सम्बन्धित खबर