![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/02/New-Project-7-3.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
मकवानपुर – हेटौँडाबाट काठमाण्डाै जाने छोटो मार्गको हुमाने-फर्पिङ खण्ड र सिस्नेरी-छैमले-दक्षिणकाली खण्डका सडक मर्मतका लागि दुई महिना बन्द भएको छ । सडक निर्माणलाई तीव्रता दिन आज फागुन १ गतेदेखि २ महिनासम्म यी सडक खण्डमा यातायात सेवा बन्द गर्ने निर्णय पनि गरिएको छ ।
वैकल्पिक सडकको रुपमा कान्ति लोकपथ र थानकोट–चित्लाङ्ग-मार्खु–कुलेखानी–भिमफेदी खण्डबाट यातायात सञ्चालन गर्ने र यी समग्र कामको समन्वय भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ । हेटौँडा–काठमाण्डौ छोटो दूरीको मार्ग अन्तर्गत ठाउँठाउँमा निर्माणका कामहरु भइरहेका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यो छोटो दूरीको मार्ग निर्माण गर्नका लागि बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरुले विभिन्न ठाउँमा ठेक्का लगाएर काम भइरहेका छन् । यो सडक अन्तर्गत भैँसे–भिमफेदी खण्ड, हेवी कलङ्की–हुमाने खण्ड र हुमाने–फर्पिङ खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको निर्माण कार्य भइरहेका छन्।