Aamsanchar

कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा ग्यास सिलिण्डर विस्फोटमा गम्भीर घाइते

Author Image
बिहिवार, फागुन ४, २०७९

काठमाडौं । गए राति खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं, १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् ।

बुद्धनगरस्थित घरमा गए राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भएका हुन् । उनीहरुरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूको भनाईका आधारमा भण्डारीलाई भेटेर आएका कांग्रेस नेताले बताका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतले भण्डारीका आमा छोरालाई राति नै भेटन् अस्पताल पुगेका थिए ।

खाना खाएर सुतिसकेको अवस्थामा सिलिण्डर विस्फोट भएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर