Aamsanchar

हडिया खोलामा डुबेर एक युवकको मृत्यु

Author Image
बिहिवार, फागुन ४, २०७९

झापा- झापाको मेचिनगर नगरपालिका-११ स्थित हडिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजे मेचिनगर-११ सृजना टोलका ४३ बर्षीय लाल बहादुर श्रेष्ठ खोलामा डुबि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो ।

मृत शरिर पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाईएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 281

प्रतिक्रिया (२)

सम्बन्धित खबर