Aamsanchar

डिल्लीराम खनाल पक्राउ

Author Image
शुक्रवार, फागुन ५, २०७९

काठमाडौं- अभिनेतृ करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। युट्युबमा करिश्माको चरित्र हत्‍या गर्ने किसिमको भ्रम फैलाउने अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका हुन्। खनाल युट्युबका ‘भाइल म्यान’ हुन्। उनलाई काठमाडौंबाट पक्राउ गरेर थप अनुसन्धान सुरू गरिएको साइबर ब्युरोका एसपी पशुपति रायले जानकारी दिए।

अभिनेतृ तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या हुने अभिव्यक्ति दिएको भन्दै खनालविरुद्ध २५ माघमा प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। खनालले करिश्मा लिभिङ टुगेदरमा रहेको भन्दै युट्युबमा अन्तरवार्ता दिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (१)

सम्बन्धित खबर