Aamsanchar

पाँचथर बुद्धिचाल संघको अध्यक्षमा विजयवोध

Author Image
शनिवार, फागुन ६, २०७९

पाँचथर – पाँचथर जिल्ला बुद्धिचाल संघको अध्यक्षमा विजयवोध लावती निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार फिदिममा सम्पन्न चौथो जिल्ला अधिवेशनले लावतीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दिपक दुलाल, सचिव नन्दकुमार कुरुम्वाङ, कोषाध्यक्षमा जयप्रकाश नेम्वाङ निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा विजयवोध लावती, प्रदेश प्रतिनिधिमा महेन्द्र नेम्वाङ, धनप्रसाद खनाल र कमला तुम्रोकलाई चयन गरेको छ ।

संघले अधिवेशनको अवसर पार्दै बुद्धिचाल विधा तर्फका पुराना खेलाडीलाई सम्मान गरिएको छ ।

सम्मानित गरिएकाहरुमा २०२८ सालका बुद्धिचाल खेलाडी खड्ग थापा, २०४४ सालमा अन्तर जिल्लामा सम्पन्न प्रतियोगितामा उपाधि विजेता डिएम कन्दङवा, पाँचथर जिल्ला बुद्धिचाल संघका सस्थापक अध्यक्ष उद्धव श्रेष्ठ, पूर्वअध्यक्ष गजेन्द्र माबो र बुद्धिचालकै राष्ट्रिय खेलाडी प्रशान्तदाश चेम्जोङ छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजयवोध लावतीले कदरपत्र र दोसल्ला मार्फत् सम्मान गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर