Aamsanchar

कैदी बन्दीलाई सात दिने योग अभ्यासकाे प्रशिक्षण

Author Image
सोमवार, फागुन ८, २०७९

डडेल्धुरा- डडेल्धुरा कारागार बन्दीगृहमा रहेका कैदीहरुलाई सात दिने योग अभ्यासकाे प्रशिक्षण गरिएको छ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बन्दीगृहमा रहेका १ सय १० जना पुरुष र १५ जना महिलाहरुलाई याेग भ्यासकाे प्रशिक्षण गरिएको हाे । यहि फागुन ७ गतेदेखि १३ गतेसम्मका लागि शारीरिक योग अभ्यासको शिविर संचालन गरिएको कारागार कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराकाे आयोजना र पतंजली योग समिति डडेल्धुराको प्रशिक्षण सहयोगमा शिविर संचालन भएको गरिएकाे हाे । शिविरलाई प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलेले उद्घाटन गर्नुभएकाे हाे । विभिन्न कारणले बन्दीगृहमा रहेका कैदी बन्दीलाई योगले मानसिक चित्त वृद्धि गर्दै असल नागरिक भएर सजाय मुक्त भएर बाहिर निस्किन योगले टेवा पुगाउने उहाँले बताउनुभयाे ।

साेही शिविरमा पतंजली योग समिति सुदूरपश्चिम प्रदेशका उपसंयोजक गोविन्द खडायत मुख्य प्रशिक्षक रहनुभएकाे छ । शिविरमा योगका ६० वटा विधा तथा आध्यात्मिकका विविध विषयसँगै अभ्यास, प्राणायामहरु सिकाईने प्रशिक्षक खडायतले बताउनुभयाे ।

फागुन ७ गतेदेखि डडेल्धुराको कीर्तिपुरस्थित पतंजली योग समिति, योग अभ्यास हलमा आगामी दशैंसम्मका लागि नियमित योग कक्षा संचालन हुने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (१)

सम्बन्धित खबर